मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधान दुई वर्षभित्र गर्ने लक्ष्य
काठमाण्डौ । राजधानीको खानेपानी संकट समाधानको मुख्य आधार मानिएको मेलम्ची खानेपानी आयोजनाको स्थायी संरचना निर्माण अझै कम्तीमा दुई वर्ष लाग्ने भएको छ। आयोजनाले प्राविधिक तयारी अघि बढाइरहे पनि कानुनी विवाद, नेतृत्वको अस्थिरता र विगतका ठेक्का विवादले परियोजनाको दीर्घकालीन व्यवस्थापनमा चुनौती थपेको छ।प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा आयोजना प्रमुख...

