आईपीओदेखि लाभांश र लकइनसम्मका सूचना अब मेरो शेयरमै
काठमाण्डौ । लगानीकर्ताले अब आईपीओ, हकप्रद, बोनस र लाभांश वितरणदेखि लकइनसम्मका सूचना ‘मेरो शेयर’मै हेर्न पाउने भएका छन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले यी विषयसँग सम्बन्धित सूचना मेरो शेयरमा प्रकाशित गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।सीडीएससीका अनुसार धितोपत्र निष्कासनकर्ता, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले सी–आस्बा (C-ASBA) सफ्टवेयर प्रयोग गरी...

