सेयरबजारमा म्युचुअल फन्डको ६७ अर्ब लगानी, एक महिनामै एक अर्ब खुम्चियो
काठमाण्डौ । नेपाली सेयरबजारका संस्थागत लगानीकर्ता म्युचुअल फन्डहरूको सूचीकृत सेयरमा रहेको लगानी मूल्य एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढीले घटेको छ। सञ्चालनमा रहेका ६० वटा सामूहिक लगानी कोषको भदौ मसान्तसम्म सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।साउन मसान्तमा यस्तो लगानी मूल्य ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। भदौ महिनाको वित्तीय...

