कुमारी सबल योजनाका ७.४४ करोड इकाई नेप्सेमा सूचिकृत
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको कुमारी सामूहिक लगानी कोष अन्तर्गतको ‘कुमारी सबल योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । आज मंगलबार नेप्सेमा कुमारी सबल योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।