लगानी र रोजगारी बढाउन सञ्चार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अग्रवाल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी प्रवर्द्धन, उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सञ्चार क्षेत्र र निजी क्षेत्रबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताएका छन्। निजी क्षेत्रको मनोबल अभिवृद्धि र आर्थिक विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले निजी क्षेत्रका कमजोरी तथा अनियमिततामाथि पनि निष्पक्ष निगरानी...

