आईतवार, भाद्र २८,२०८३ 10:54:31
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 10:54:31
Bizshala
Global IME Bank Limited

रसुवाका प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग

रसुवाका प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामाग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् ।

चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका सिईओ रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित चेम्बरमा संकलित सहयोग सामाग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधीलाई हस्ताण्तरण गरेका हुन् ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

‘स्थानीय संस्था तथा युवाको सहकार्यमा सामग्री सम्बन्धित प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पु¥याउने व्यवस्थासहित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबमार्फत वितरण तथा समन्वय हुने गरी उक्त राहत सामाग्री रसुवा पठाइएको हो श्रेष्ठले भने ।

त्रिशूली हुँदै रसुवा पठाइएको राहत सामग्री सम्बन्धित स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पु¥याइने उनले जनाए । प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको श्रेष्ठले बताए । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.