नाइकीको विश्वव्यापी बिक्रीमा ९% को गिरावट
काठमाण्डौ । अमेरिकी स्पोट्सवेयर कम्पनी नाइकीको बिक्रीमा गिरावट आएको छ । बिहिबार कम्पनीले एक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो त्रैमासमा कम्पनीको विश्वव्यापी बिक्रीमा ९ प्रतिशतको गिरावट आएको जनाएको हो । यस अवधिमा चीनमा कम्पनीको बिक्री १७ प्रतिशतले घटेको छ । कम्पनीको सबैभन्दा ठूलो बजारको रुपमा रहेको उत्तर अमेरिकामा पनि ९ प्रतिशतले बिक्रीमा कमी आएको जनाइएको छ ।