काठमाण्डौ । अमेरिकी स्पोट्सवेयर कम्पनी नाइकीको बिक्रीमा गिरावट आएको छ । बिहिबार कम्पनीले एक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो त्रैमासमा कम्पनीको विश्वव्यापी बिक्रीमा ९ प्रतिशतको गिरावट आएको जनाएको हो ।
यस अवधिमा चीनमा कम्पनीको बिक्री १७ प्रतिशतले घटेको छ । कम्पनीको सबैभन्दा ठूलो बजारको रुपमा रहेको उत्तर अमेरिकामा पनि ९ प्रतिशतले बिक्रीमा कमी आएको जनाइएको छ ।
तर यो आँकडा लगानीकर्ताले अपेक्षा गरेभन्दा भने खराब देखिदैन । बिहिबार कारोबारको क्रममा कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेको थियो । तर कम्पनीको सेयरमूल्य १.५५ प्रतिशतले घटेर बन्द भयो । एक वर्षको अवधिमा कम्पनीको सेयरमूल्य ३० प्रतिशतले घटिसकेको छ ।
विश्वको सबैभन्दा ठूलो जुत्ता उत्पादक कम्पनीको रुपमा रहेको नाइकीले यतिबेला उपभोक्ताको कमी र होका र अन डट कस्टमर जस्ता ब्राण्डसँग तीव्र प्रतिष्पर्धाको सामना गरिरहेको छ ।