शुक्रबार, कार्तिक ६,२०८३ 05:54:18
  • शुक्रबार, कार्तिक ६,२०८३ 05:54:18
Global IME Bank Limited

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट

Bizshala
कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

त्यस्तै, होटलका विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा ग्राहकलाई किस्ताबन्दी (EMI) सुविधासमेत उपलब्ध गराइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्। पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

यसैगरी, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ र थप उपयोगी सेवा उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गर्दै जाने जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.