आईपीओ निष्कासन गर्दै निलगिरी खोला हाईड्रोपावर, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । निलगिरी खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गतेका लागि विशेष साधारण सभा डाकेको हो ।