८ महिनामा रु.१४.४९ खर्ब रेमिट्यान्स भित्रियो
काठमाण्डौ । चालु आवको ८ महिनामा १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो । २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ५१ अर्ब १९...

