बुधबार, श्रावण ६,२०८३ 07:21:31
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:21:31
Bizshala
Global IME Bank Limited

शोधानान्तर स्थिति रु.९.६३ खर्ब बचतमा, झण्डै १७ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

शोधानान्तर स्थिति रु.९.६३ खर्ब बचतमा, झण्डै १७ अर्ब प्रत्यक्ष वैदेशिक लगानी
New Office

काठमाण्डौ । शोधानान्तर स्थिति साढे ९ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा शोधानान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको हो ।  

गत वर्षको सोही अवधिसम्ममा शोधानान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।  

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, सो अवधिसम्ममा खुद पुँजीगत ट्रान्सफर रु.१४ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको थियो ।  

यसैगरी, समीक्षा अवधिमा रु.१६ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१० अर्ब ५८ करोड रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.