स्ट्रेट अफ हर्मुज बन्द रहिरहे विश्व तेल भण्डार हालसम्मकै न्यून विन्दुमा पुग्ने
काठमाण्डौ । विश्वव्यापी तेल भण्डार मध्यपूर्वमा जारी ठूलो आपूर्ति अवरोधको प्रभावले रेकर्ड गतिमा घटिरहेको छ । यदि स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा नआएमा भण्डार अत्यन्त संवेदनशील तहमा पुग्ने जोखिम रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी(आईइए) ले जनाएको छ।आईईएले आफ्नो मासिक प्रतिवेदनमा आगामी गर्मीयामको उच्च माग अवधिअघि कच्चा तेल तथा इन्धनको मूल्य थप बढ्न सक्ने चेतावनी दिएको...

