निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.२७.५३ अर्ब प्रिमियम, सर्वाधिक शिखरको
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे २७ अर्ब रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् । चालु आवको ७ महिनामा १४ निर्जीवन बीमा कम्पनीले २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १३.४५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए । सो...

