बुधबार, माघ २३,२०८१ 03:31:47
IME remit
  • बुधबार, माघ २३,२०८१ 03:31:47
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीले गरे साढे १ खर्बको प्रिमियम संकलन, नेपाल लाइफको मात्रै २३.१३%

Hyundai Nepal
जीवन बीमा कम्पनीले गरे साढे १ खर्बको प्रिमियम संकलन, नेपाल लाइफको मात्रै २३.१३%
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १० प्रतिशतले व्यवसाय बृद्धि गरेका छन् । १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमकहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । गत आवको अन्त्यसम्ममा सबै जीवन बीमा कम्पनीहरुले व्यवसाय बृद्धि गरेका छन् ।

गत आवमा सर्वाधिक व्यवसाय भित्र्याउने अर्थात बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनी एक्लैले ४० अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल व्यवसायको २६.१३ प्रतिशत व्यवसाय हो । त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले १६ अर्ब ६० करोड, सुर्यज्योति लाइफले ९ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड, एशियन लाइफले ८ अर्ब ५ करोड, सिटिजन लाइफले ६ अर्ब २१ करोड, सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड, मेट लाइफले ५ अर्ब ६७ करोड, आइएमई लाइफले ४ अर्ब ७४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

यसका साथै बृद्धिदरको आधारमा भने प्रभु महालक्ष्मी लाइफ अगाडी देखिएको छ । अघिल्लो आवमा ३ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको प्रभु महालक्ष्मीले गत आवमा भने व्यवसाय १९.४८ प्रतिशतले बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले पनि १६.८७ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवमा १६ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको यस कम्पनीले गत आवमा १९ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

त्यस्तै, एशियन लाइफले १४.७४ प्रतिशत, आइएमई लाइफले १३.३० प्रतिशत, हिमालयन लाइफले ११.५० प्रतिशत, रिलायबल नेपाल लाइफले १०.८६ प्रतिशत, नेपाल लाइफले ९.८९ प्रतिशत, सानिमा रिलायन्स लाइफले ९१३ प्रतिशत, मेट लाइफले ७.९२ प्रतिशत, सुर्यज्योति लाइफले ७.७९ प्रतिशत, सिटिजन लाइफले ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमाले ४.८७ प्रतिशत, एलआइसी नेपालले ३.६६ प्रतिशत र सन नेपाल लाइफले २.६३ प्रतिशतले व्यवसाय बढाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.