आईतवार, श्रावण १०,२०८३ 11:28:37
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:28:37
Bizshala
Global IME Bank Limited

लघुबीमा कम्पनीले भित्राए साढे २३ करोड बीमाशुल्क, सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो

लघुबीमा कम्पनीले भित्राए साढे २३ करोड बीमाशुल्क, सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो
New Office

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले साढे २३ करोड रुपैयाँ बराबरको व्यवसाय भित्राएका छन् । सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनी गरी कुल ७ वटा लघुबीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म२३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

जसमध्ये लघुजीवन बीमा कम्पनीहरुले ७ करोड ८८ लाख रुपैयाँ प्रमियम कलेक्सन गरेका छन् भने लघु निर्जीवन बीमा कम्पनीहरुले १५ करोड ५३ लाख रुपैयाँ प्रिमियम भित्राएका छन् ।  

लघु जीवन बीमातर्फ सर्वाधिक क्रेष्ट माइक्रो लाइफले ४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, भने गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

सक्रिय बीमालेख संख्याको आधारमा पनि क्रेष्ट माईक्रो लाइफ नै अगाडी रहेको छ । तेस्रो त्रैमाससम्म क्रेष्ट माइक्रो लाइफमा कायम बीमालेख संख्या १९ हजार ९१७ रहेको छ ।  

त्यस्तै, गार्डियनमाइक्रो लाइफमा ११ हजार ४८१ र लिवर्टीमाइक्रो लाइफमा २ हजार ६१६ रहेको छ ।  

त्यस्तै, लघु निर्जीवन बीमातर्फ भने सर्वाधिक नेपाल माइक्रोले व्यवसाय भित्राएको छ । कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेर सर्वाधिक व्यवसाय गर्ने लघुबीमा कम्पनी बनेको छ ।  

त्यस्तै, प्रोटेक्टिभ माइक्रोले ४ करोड ९८ लाख रुपैयाँ, स्टार माइक्रोले ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो लाइफले ६३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

जारी बीमालेख संख्याको आधारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स नै अघि छ । कम्पनीको जारी बीमालेख संख्या ३३ हजार ७०४ छ । त्यस्तै, स्टार माइक्रोको १६ हजार ६८६, प्रोटेक्टिभ माइक्रोको १५ हजार ६२३ र ट्रस्ट माइक्रो इन्स्योरेन्सको २ हजार ७६६ रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.