बुधबार, माघ २३,२०८१ 10:39:08
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:39:08
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीले संकलन गरे रु.१.१० खर्ब प्रिमियम, व्यवसाय बढाउन भने नेशनल लाइफ अब्बल

Hyundai Nepal
जीवन बीमा कम्पनीले संकलन गरे रु.१.१० खर्ब प्रिमियम, व्यवसाय बढाउन भने नेशनल लाइफ अब्बल
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चैत मसान्तसम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।  

जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा ५।११ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

तेस्रो त्रैमासम्म १४ मध्ये तीन वटा बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा खस्किएको छ भने बाँकी ११ वटा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् ।  

चैत मसान्तसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी सर्वाधिक व्यवसाय गर्ने कम्पनी बनेको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यता एलआइसी नेपालले पनि १२ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम उठाएर तेस्रो स्थान कायम गर्न सफल भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसका साथै हिमालयन लाइफले १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ६ अर्ब ५२ करोड, एशियन लाइफले ५ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड, सिटिजन लाइफले ४ अर्ब २४ करोड, मेट लाइफले ४ अर्ब १३ करोड, आइएमई लाइफले ३ अर्ब २९ करोड, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

३ वटा कम्पनीको व्यवसाय खस्कियो  

गत वर्षको तुलनामा यस वर्ष ११ वटा कमपनीको व्यवसाय बृद्धि भएको छ  भने ३ वटा जीवन बीमा कम्पनीको व्यवसाय खस्किएको छ ।  

गत आवको तुलनामा चालु आवमा सर्वाधिक व्यवसाय बढाउन नेशनल लाइफ सफल भएको छ । गत वर्षको चैत मसान्तसम्म ११ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम उठाएको नेशनल लाइफले चालु आवको यस अवधिसम्म १३.४१ प्रतिशतले बढाएर १२ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ११.७४ प्रतिशत, एशियन लाइफको ११.५० प्रतिशत, आइएमई लाइफको १०.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.८१ प्रतिशत, हिमालयन लाइफको ८.७३ प्रतिशत, नेपाल लाइफको ८.०४ प्रतिशत, मेट लाइफको ६.६२ प्रतिशत, सिटिजन लाइफको ५.६५ प्रतिशत, सुर्यज्योति लाइफको ५.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ५.०४ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।  

त्यस्तै, तीन कम्पनीको व्यवसाय भने घटेको छ । सर्वाधिक सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २२.९९ प्रतिशतले घटेको छ । त्यस्तै, दोस्रोमा सन नेपाल लाइफको ३.०१ प्रतिशत र एलआइसी नेपालको ०.८८ प्रतिशतले व्यवसाय घट्न पुगेको छ ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.