पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
काठमाण्डौ । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले प्राथमिक बजारबाट पूँजी जुटाउने भएको छ । कम्पनीले आम सर्वसाधारणमा आईपीओ जारी गरी पूँजी जुटाउने योजना बनाएको हो । कम्पनीले आईपीओ निष्काशनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज ९ गते बुधबारका दिन काठमाण्डौको एयरपोर्ट होटल...