पियोर इनर्जीको नाफा १९ प्रतिशत घट्यो, ईपीएस कति ?
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ७३ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब १८.६ प्रतिशतले घटेको हो।

