अमेरिकी एक डलरको सिक्कामा ट्रम्पको अनुहार, कानुनी छिद्र प्रयोग गरेको आरोप
काठमाण्डौ । अमेरिकाको स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ।आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर सिक्कामा राखिएको घटना अत्यन्त दुर्लभ मानिन्छ। यसअघि सन् १९२६ मा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर स्मारक सिक्कामा...

