मंगलवार, आश्विन २०,२०८३ 11:43:45
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 11:43:45
Bizshala
Global IME Bank Limited

‘धम्की’पछि बेलायतस्थित अमेरिकी एयरबेसबाट बी–१ बमवर्षक फिर्ता

Bizshala
‘धम्की’पछि बेलायतस्थित अमेरिकी एयरबेसबाट बी–१ बमवर्षक फिर्ता
New Office

 

काठमाण्डौ । बेलायतस्थित आरएएफ फेयरफोर्ड एयरबेसमा सुरक्षा जोखिम देखिएपछि अमेरिकाले त्यहाँ तैनाथ बी–१ बमवर्षक विमान फिर्ता बोलाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आइतबार आरएएफ फेयरफोर्डमा तैनाथ करिब एक दर्जन बी–१ बमवर्षक विमानलाई अमेरिकास्थित तिनका गृहआधारतर्फ फर्काइएको पुष्टि गरेको थियो ।

सोमबार नेब्रास्कातर्फ जाँदै गर्दा पत्रकारसँग कुरा गर्दै ट्रम्पले विमानहरू सामान्य प्रक्रियाअन्तर्गत नभई सम्भावित धम्कीका कारण हटाइएको बताएका हुन् ।

“उनीहरू संयोगले त्यहाँबाट उडेका होइनन्, केही धम्कीहरू थिए,” ट्रम्पले भने । अमेरिकी प्रशासनलाई ती धम्की दिने व्यक्तिहरूको पहिचानसमेत थाहा रहेको उनले दाबी गरे पनि विस्तृत विवरण सार्वजनिक गरेनन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले विमान र त्यहाँ कार्यरत सैनिकमाथि सम्भावित तोडफोड वा आक्रमणको जोखिम देखिएपछि बमवर्षक हटाइएको हुन सक्ने जनाएका छन् । तर अमेरिकी अधिकारीहरूले धम्कीको वास्तविक स्वरूपबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन् ।

घटनालाई सेप्टेम्बर २७ मा आरएएफ फेयरफोर्ड नजिक देखिएका तीन शंकास्पद सवारीसाधनसँग जोडेर हेरिएको छ । त्यस घटनापछि आतंकवादविरोधी प्रहरीले अनुसन्धान अघि बढाउँदै पाँच जनालाई पक्राउ गरेको थियो । पछि उनीहरू धरौटीमा रिहा भएका थिए । पक्राउ परेकामध्ये एक बेलायती–इरानी नागरिकसमेत रहेको बताइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बमवर्षकहरूलाई “अत्यधिक सावधानी” अपनाउँदै हटाइएको बताएका छन् । उनले इरानमाथि लामो समयदेखि अमेरिकाविरुद्ध आतंकवादी गतिविधि सञ्चालन गर्दै आएको आरोपसमेत लगाए ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विमान सारिएको विषयलाई कुनै एक घटनासँग प्रत्यक्ष रूपमा जोड्न अस्वीकार गरेका छन् । उनका अनुसार अमेरिकी सैन्य विमान र उपकरणलाई विश्वका विभिन्न स्थानमा नियमित रूपमा स्थानान्तरण गरिँदै आएको छ ।

बेलायती सरकारले भने आरएएफ फेयरफोर्ड सुरक्षित रहेको दाबी गर्दै आएको छ । इरानले पनि एयरबेससँग सम्बन्धित घटनामा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ ।

ग्लुसेस्टरशायरस्थित आरएएफ फेयरफोर्ड अमेरिकी वायुसेनाको महत्वपूर्ण अग्रिम सञ्चालन केन्द्र मानिन्छ । पछिल्ला महिनामा अमेरिकाले यही आधारबाट बी–१ र बी–५२ बमवर्षक विमानलाई मध्यपूर्वतर्फ परिचालन गर्दै आएको थियो ।

बेलायतले भने उक्त आधारलाई इरानविरुद्ध केवल रक्षात्मक प्रकृतिका कारबाहीका लागि प्रयोग गर्न अनुमति दिएको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार बी–१ बमवर्षकहरू फिर्ता गरिएपछि अमेरिकाको इरानविरुद्ध तत्काल ठूलो परिमाणमा हवाई कारबाही सञ्चालन गर्ने क्षमता केही हदसम्म प्रभावित हुन सक्छ । यद्यपि, फेयरफोर्डको प्रयोगमा बेलायतले लगाएको सीमाका कारण अमेरिकी सैन्य विकल्प यसअघि नै केही सीमित रहेको विश्लेषण गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.