रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाण्डौ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।