जनताको करको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट संकलित रकमको एक रुपैयाँ पनि दुरुपयोग हुन नदिइने बताएका छन्।सोमबार राष्ट्रियसभाको बैठकमा आफ्नो मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्रै खर्च हुने स्पष्ट पारे।उनले मितव्ययिता,...

