सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यक्रम घोषणा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक समिति, ग्राहक, सेयरधनी, कर्मचारी, नियामक...

