शुक्रबार, कार्तिक १३,२०८३ 08:13:37
  • शुक्रबार, कार्तिक १३,२०८३ 08:13:37
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यक्रम घोषणा

Bizshala
सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यक्रम घोषणा
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक समिति, ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकायलगायत सबैप्रति आभार व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतिले आगामी दिनमा बैंकिङ सेवालाई अझ स्मार्ट, आधुनिक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमसमेत घोषणा गरेको छ। बैंकले हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। उक्त शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै सिमकोट–२ हुम्लास्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेशनरी सामग्री उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुंग्री हेल्थ पोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा पनि गरेको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकमा पाँच र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै बैंकिङ सेवाको पहुँच थप विस्तार गर्ने बैंकको योजना छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.