महिला कर्मचारीलाई अब महिनावारी बिदा ! संघीय निजामती विधेयकमा नयाँ प्रस्ताव
काठमाण्डौ । सरकारी सेवामा कार्यरत महिला कर्मचारीले अब महिनावारीका बेला छुट्टै बिदा पाउन सक्ने भएका छन्। सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा पहिलोपटक ‘महिनावारी/रजस्वला बिदा’को व्यवस्था प्रस्ताव गरिएको हो।संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने विभिन्न प्रकारका...

