मतका आधारमा दललाई राज्यकोषबाट अनुदान दिन प्रस्ताव, चन्दामुखी राजनीति घटाउने दाबी
काठमाण्डौ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई निजी चन्दा र अपारदर्शी आर्थिक स्रोतको निर्भरताबाट मुक्त गर्न सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका छन्।संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले राजनीतिक दलले पछिल्लो निर्वाचनमा प्राप्त गरेको मत तथा अन्य सर्वस्वीकार्य सूचकका आधारमा...

