काठमाण्डौ । विभिन्न मुलुकका लागि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले समिति सचिवालयबाट प्रस्ताव गरिएको सुनुवाइ कार्यतालिका स्वीकार गरेको हो । अब प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६, २७ र २८ गते हुनेछ ।
समितिका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध कुल सातवटा उजुरी परेका छन् । तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर दर्ता भएका छन् भने पाँचवटा उजुरी व्यक्ति विशेषलाई लक्षित गरी परेका छन् ।
प्राप्त उजुरीहरू मंगलबार नै संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।
त्यस्तै प्रस्तावित राजदूतहरूले पेश गरेका कार्ययोजना पनि समिति सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइएको छ ।
अब समितिले उजुरी, कार्ययोजना तथा प्रस्तावित राजदूतहरूको जवाफका आधारमा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।