सांसदलाई सभामुखको निर्देशन– बोल्नकै लागि नियमापत्ति नगर्नू
काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सांसदहरूलाई केवल आफ्नो धारणा राख्नकै लागि नियमापत्ति नगर्न आग्रह गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले नियमापत्ति गर्दा सम्बन्धित नियमावली, त्यसको स्पष्ट आधार र औचित्य देखिनुपर्ने बताएका हुन्।बैठकमा विभिन्न विषयमा पटक–पटक नियमापत्ति हुँदै सांसदहरूले मूल विषयभन्दा बाहिर गएर आफ्नो धारणा...

