बिहीबार, आश्विन ८,२०८३ 06:58:06
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 06:58:06
Bizshala
Global IME Bank Limited

सांसदलाई सभामुखको निर्देशन– बोल्नकै लागि नियमापत्ति नगर्नू

Bizshala
सांसदलाई सभामुखको निर्देशन– बोल्नकै लागि नियमापत्ति नगर्नू
New Office

 

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सांसदहरूलाई केवल आफ्नो धारणा राख्नकै लागि नियमापत्ति नगर्न आग्रह गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले नियमापत्ति गर्दा सम्बन्धित नियमावली, त्यसको स्पष्ट आधार र औचित्य देखिनुपर्ने बताएका हुन्।

बैठकमा विभिन्न विषयमा पटक–पटक नियमापत्ति हुँदै सांसदहरूले मूल विषयभन्दा बाहिर गएर आफ्नो धारणा राख्न थालेपछि सभामुखले यस्तो निर्देशन दिएका हुन्।

उनले बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविक भए पनि नियमापत्ति गरिएको विषयभन्दा बाहिर गएर बोल्ने वा बोल्ने अवसर प्राप्त गर्नकै लागि नियमापत्ति गर्ने अभ्यास उपयुक्त नभएको बताए।

सभामुख अर्यालले सांसदहरूलाई प्रतिनिधिसभा नियमावली अध्ययन गरी त्यसको मर्मअनुसार नियमापत्ति गर्न आग्रह गरे।

उनका अनुसार नियमापत्ति गर्दा कुन नियम उल्लंघन भएको हो, त्यसको आधार के हो र किन नियमापत्ति आवश्यक परेको हो भन्ने स्पष्ट हुनुपर्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अदालतसम्बन्धी बहसपछि नियमापत्ति

बिहीबारको बैठकमा न्यायपालिका र अदालतको भूमिकालाई लिएर सांसदहरूबीच नियमापत्ति भएको थियो।

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले संसद्मा अदालतलाई दबाबमा पार्ने गरी अभिव्यक्ति आएको भन्दै त्यसको आलोचना गरेका थिए।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नियमापत्ति गर्दै आफूहरूले स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाउन नभई सुधार र उत्तरदायित्वका विषय उठाएको बताएका थिए।

न्यौपानेको नियमापत्तिपछि एमाले सांसद बरालले पुनः नियमापत्ति माग गर्दै आफ्नो धारणा राखेका थिए।

संसद्मा अन्य विषयमा पनि नियमापत्तिको प्रयोग बढ्दै गएपछि त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको सभामुखले बताएका हुन्।

यसअघि पनि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको मर्मअनुसार बैठक सञ्चालन गर्न र संसदीय मर्यादा कायम राख्न सांसदहरूको ध्यानाकर्षण गराउँदै आएका छन्।

सभामुखले नियमापत्तिलाई बोल्ने अतिरिक्त अवसरका रूपमा नभई स्पष्ट संसदीय आधार भएको अवस्थामा मात्रै प्रयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.