सम्पदा लघुवित्तका दुई संस्थापक सेयरधनीले सेयर बिक्री गर्न दिए आवेदन
काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको सेयर बिक्री गर्न आवेदन दिएका छन्। संस्थाले प्रकाशित गरेको सूचनाअनुसार संस्थापक सेयरधनी दिपक खड्का र हरि प्रसाद अर्यालले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि सञ्चालक समितिमार्फत आवेदन दिएका हुन्।

