ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा
काठमाण्डौ । स्टेट बैंक अफ इण्डिया(एसबीआई)का एकजना बैंक म्यानेजरले ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर ३९ हजार भारुबराबरको कुखुरा खाएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको छत्तिसगढको हो । छत्तिसगढमा बसोबास गर्ने रुपचन्द्र मनहर नाम गरेका एकजना किसानले कुखुरा व्यवसायलाई विस्तार गर्न बैंकबाट ऋण लिने निधो गरे । यसका लागि उनले छत्तिसगढको मास्तुरी शाखामा रहेको एसबीआई...