रास्वपाको पतन उदयजत्तिकै तीव्र हुन सक्छ : शंकर पोखरेल
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दीर्घकालीन राजनीतिक चुनौती बन्न नसक्ने दाबी गरेका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले रास्वपाको उदय तीव्र गतिमा भएजस्तै यसको पतनको सम्भावना पनि उत्तिकै बढी रहेको टिप्पणी गरे।‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतनको सम्भावना पनि त्यति नै बढी छ। जति छिटो उदय, त्यति नै...

