काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दीर्घकालीन राजनीतिक चुनौती बन्न नसक्ने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले रास्वपाको उदय तीव्र गतिमा भएजस्तै यसको पतनको सम्भावना पनि उत्तिकै बढी रहेको टिप्पणी गरे।
‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतनको सम्भावना पनि त्यति नै बढी छ। जति छिटो उदय, त्यति नै छिटो पतन,’ उनले भने।
महासचिव पोखरेलले रास्वपाबारे टिप्पणी गर्नुभन्दा एमालेले आफ्नै संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याए। पार्टीबाट टाढिएका वर्ग र समुदायलाई पुनः एमालेसँग जोड्न नेतृत्वले तीव्र रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी छिटो तयार हुनुपर्छ। पार्टीबाट टाढिएका वर्ग र समुदायलाई पार्टीसँग जोड्ने काम गर्नुपर्छ,’ पोखरेलले भने।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।