बैंक तथा वित्तीय संस्थाबाट रु.१.४० खर्बको सेयर धितो कर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै रु.१.१६ खर्ब
काठमाण्डौ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट झण्डै डेढ खर्बको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो । यो रकम अघिल्लो आवको तुलनामा ५६.१७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंक वित्तीय संस्थाहरुबाट जम्मा ९० अर्ब ९ करोड ३२...