नेपाल छिर्यो शक्तिशाली सियारा इभी, अब प्रिमियम इभीमा हलचल !
काठमाडौं। भारतमा विद्युतीय एसयूभीको परिभाषा बदल्ने दाबीसहित सार्वजनिक भएको टाटा मोटर्सको बहुप्रतीक्षित Sierra.ev नेपाल आइपुगेको छ। शक्तिशाली पर्फर्मेन्स, लामो रेन्ज, अफरोड क्षमता र लक्जरी प्रविधिको प्याकेज बोकेको यो गाडी नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक हुँदैछ।सन् १९९१ मा भारतीय सडकमा पहिलोपटक गुडेको ‘सिएरा’ नाम केवल एउटा गाडी नभई दक्षिण एसियाली...

