आर्थिक वर्षको पहिलो दिनमै सुनमा ‘पहिरो’, एकैदिन तोलामा ३ हजार १०० रुपैयाँ घट्यो
काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला तीन हजार १०० रुपैयाँले सस्तिएको हो।बिहीबार प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर दुई लाख ८२ हजार १०० रुपैयाँमा सीमित भएको छ।

