सनलाइफ क्यापिटलद्वारा साधारण सभा आह्वान, यस्ता छन् अजेण्डा
काठमाण्डौ । सनलाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा डाकेको हो । कम्पनीको उक्त सभा असोज १५ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।