काठमाण्डौ । सनलाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा डाकेको हो ।
कम्पनीको उक्त सभा असोज १५ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०८०÷८१ को लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित हुनुका साथै आर्थिक बर्ष २०८१÷८२ को लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
यस्तै नियमनकारी निकायबाट संसोधन सम्बन्धमा कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरिनेछ ।