अमेरिकालाई चीनको काउन्टर, अमेरिकी वस्तुहरुमाथि १२५% पुर्यायो ट्यारिफ
काठमाण्डौ । चीनले फेरि अमेरिकाबाट आयात हुने वस्तुमा कर बढाएको छ । यससँगै चीनले अमेरिकामाथि लगाएको भन्सार शुल्क १२५ प्रतिशत पुगेको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुनेछ ।यद्यपी चीनले अमेरिकाले यसपछि शुल्क बढाए पनि जवाफी कारबाही नगर्ने बताएको छ ।