सोमबार, भाद्र १,२०८३ 06:42:04
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 06:42:04
Bizshala
Global IME Bank Limited

अमेरिकालाई चीनको काउन्टर, अमेरिकी वस्तुहरुमाथि १२५% पुर्यायो ट्यारिफ

अमेरिकालाई चीनको काउन्टर, अमेरिकी वस्तुहरुमाथि १२५% पुर्यायो ट्यारिफ
New Office

काठमाण्डौ । चीनले फेरि अमेरिकाबाट आयात हुने वस्तुमा कर बढाएको छ । यससँगै चीनले अमेरिकामाथि लगाएको भन्सार शुल्क १२५ प्रतिशत पुगेको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुनेछ ।

यद्यपी चीनले अमेरिकाले यसपछि शुल्क बढाए पनि जवाफी कारबाही नगर्ने बताएको छ ।

Bizshala
CG Motors

चीन र अमेरिका बीचको आक्रमण र प्रतिआक्रमण

गत हप्ता मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यो अप्रिल ९ मा लागू हुने थियो, तर त्यसको केही घण्टा अघि, ट्रम्पले ५० प्रतिशतले ट्यारिफ बढाउने घोषणा गरे।

त्यसको जवाफमा चीनले बुधबार अमेरिकी सामानमा ५० प्रतिशत बढाएर ८४ प्रतिशत पुर्‍याएको छ ।

बिहीबार अमेरिकाले चीनमा भन्सार बढाएर १ सय ४५ प्रतिशत पु¥याउने घोषणा गरेको थियो भने अन्य देशलाई ९० दिनको छुट दिँदा पारस्परिक भन्सारलाई समान १० प्रतिशतमा झारेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.