काठमाण्डौ । चीनले फेरि अमेरिकाबाट आयात हुने वस्तुमा कर बढाएको छ । यससँगै चीनले अमेरिकामाथि लगाएको भन्सार शुल्क १२५ प्रतिशत पुगेको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुनेछ ।
यद्यपी चीनले अमेरिकाले यसपछि शुल्क बढाए पनि जवाफी कारबाही नगर्ने बताएको छ ।
चीन र अमेरिका बीचको आक्रमण र प्रतिआक्रमण
गत हप्ता मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यो अप्रिल ९ मा लागू हुने थियो, तर त्यसको केही घण्टा अघि, ट्रम्पले ५० प्रतिशतले ट्यारिफ बढाउने घोषणा गरे।
त्यसको जवाफमा चीनले बुधबार अमेरिकी सामानमा ५० प्रतिशत बढाएर ८४ प्रतिशत पुर्याएको छ ।
बिहीबार अमेरिकाले चीनमा भन्सार बढाएर १ सय ४५ प्रतिशत पु¥याउने घोषणा गरेको थियो भने अन्य देशलाई ९० दिनको छुट दिँदा पारस्परिक भन्सारलाई समान १० प्रतिशतमा झारेको थियो ।