बिजुलीको बिल उठाउनमै वर्षको ६० करोड खर्च, ७३ प्रतिशत ग्राहक अझै काउन्टरमा
काठमाण्डौ । डिजिटल भुक्तानीको पहुँच विस्तार भइरहे पनि विद्युत् महसुल तिर्ने अधिकांश ग्राहक अझै काउन्टरमै पुग्ने गरेका छन्। ऊर्जा मन्त्रालयका अनुसार ७३ प्रतिशत ग्राहकले अझै भौतिक रूपमा लाइन बसेर महसुल तिर्ने गरेका छन्।यस्तो महसुल सङ्कलन व्यवस्थाका लागि काउन्टर सञ्चालनमै नेपाल विद्युत् प्राधिकरणको वार्षिक करिब ६० करोड रुपैयाँ खर्च हुने गरेको छ।ऊर्जा, जलस्रोत तथा...

