आईतवार, फाल्गुन ११,२०८१ 04:03:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:03:55
IME remit
Global IME Bank Limited

ओमोडा ई–फाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभस्टार सेफ्टि रेटिङ

Hyundai Nepal
ओमोडा ई–फाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभस्टार सेफ्टि रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । ओमोडा एण्ड जेइकोको पछिल्लो ब्याट्री ईभी ओमोडा फाइभले युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ–स्टार सेफ्टि रेटिङ हासिल गरेको छ ।

यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र एएसइएएन एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ–स्टार रेटिङ प्राप्त गरेको थियो । सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, ओमोडा इफाइभको बीईभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’र‘ओब्लिक पोलटेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ ।

यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)कोलागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा)र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि८७ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत, र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

ओमोडा इफाइभमा ७८ प्रतिशत अनुपातको ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ रहेको छ जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थस्टिल’र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’समावेश गरिएको छ। यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि सुनिश्चित गर्दछ र अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ ।  

‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स–टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ ।

उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज(लेभल(१२ किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीयरेन्जरइफिसियन्सिदुवैको लागि उत्कृष्ट रोजाईको ईभी बनेको कम्पनीले दाबी गरेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.