शनिबार, जेष्ठ २,२०८३ 11:57:33
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:57:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

Laxmi Sunrise Bank Limited
नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।

आव २०८०÷२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।  

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने  सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरेकी थिइन् । सो अवसरमा उनले आव २०८०÷८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरुको अतुलनिय योगदान रहेको बताइन् ।  

Bizshala
New Office
CG Motors

साथै, उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पूँजीबजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको बताइन् ।  

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसँग सम्बिन्धत कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरु सुरु गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरुलाई प्रत्यक्ष लाभ पुगेको बताए ।  

सो समारोहमा, आव २०८०/८१ मा १०० वा सो भन्दा बढि बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० वर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आव २०८०/८१ मा संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसायगर्ने ७जना र आफ्नो कोडबाट उत्कृट व्यवसायगर्ने ७ जना अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसैगरी, नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथमहुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.