बुधबार, माघ २३,२०८१ 10:30:15
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:30:15
IME remit
Global IME Bank Limited

यी हुन् सेयर बजारबाट पैसा कमाउन जान्नैपर्ने १० मन्त्र

Hyundai Nepal
यी हुन् सेयर बजारबाट पैसा कमाउन जान्नैपर्ने १० मन्त्र
Nabil Bank Limited

काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् ।  उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र असफलताका विभिन्न कथाहरुबीचबाट हामीले यहाँ सेयरबाट पैसा कमाउने १० महत्वपूर्ण टिप्सहरु तयार गरेका छौ।

१.लगानी गर्नुअघि विशेष ढंगले सोच्नुहोस्

आत्मविश्वास र दृढता सेयर बजारका महत्वपूर्ण सूत्र हुन् । आफूप्रतिको भरोसा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नेपालको सेयर बजारमा आफैंले कुरा बुझेर निर्णय गर्नुभन्दा पनि आफन्त र साथीभाईले कहाँ लगानी गरेका छन्, त्यतै दौडने गलत प्रवृति छ । आँखा चिम्लिएर सेयरमा लगानी गर्नु भनेको तपाई जुनसुकै बेला डूब्नसक्ने संकेत हो । त्यसकारण आफ्ना साथीभाई, आफन्त, बुझेका मानिसहरुबाट लगानी गर्न सकिने संभावित सेयरहरुको बिषयमा कुरा बुझ्नुहोस् । ती कम्पनीको अवस्थाको बिषयमा समेत आफैंले बुझ्नुपर्छ । त्यसकारण आफूले लगानी गर्नुअघि अरुको लगानीको निर्णयलाई कहिल्यै पनि फलो नगर्नुहोस्, बरु सबै कुरा बुझेर आफैंले यस्तो निर्णय लिनुहोस् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

२.लामो समयका लागि लगानी

लामो समयका लागि सेयरमा लगानी गर्नुभयो यसले तपाईंलाई सधैं राम्रो रिटर्न दिन्छ । यदि तपाईंले सेयर बजारका सफल खेलाडीहरुको कथा राम्रोसँग पढ्नुभयो भने उनीहरुले विविध पक्षमा ध्यान पुर्याई लामो समयका लागि लगानी गरेका भेट्न सक्नुहुन्छ । त्यसकारण लामो समयका लागि योजना बनाएर लगानी गर्दा यो जोखिमरहित हुने संभावना पनि अधिक हुन्छ । धैर्यवान भएर कुर्दा राम्रो रिटर्न प्राप्त हुन्छ । यदि लगानीकर्ताले राम्रो नाफा हुने सेयरलाई लामो समयसम्म धैर्यतापूर्वक राख्न सक्यो भने त्यसबाट रिटर्न पनि उत्तिकै राम्रो प्राप्त हुन्छ । यसर्थ लामो समयका लागि लगानी गर्नुहोस्, ताकि तपाईंले राम्रो लाभांश प्राप्त गर्नसक्नुहोस् ।  

३.धैर्यता राख्नुहोस्, यथार्थपरक आशा राख्नुहोस्

धैर्यवान हुनु सेयर बजारबाट पैसा कमाउनेहरुको एउटा राम्रो विशेषता हो । अस्थिर भएर लगानी गरिए जुनसुकै बेला डूब्न सकिन्छ । अर्कोतर्फ सेयर बजारमा लगानी गरेर केही दिनमै करोडपति बनेको सपना देख्नुहुन्छ वा अस्वभाविक आशा राख्नुहुन्छ भने यस्तो उच्च महत्वकांक्षाले तपाईलाई डूबाउन सक्छ । त्यसकारण, यथार्थभन्दा बाहिरको आशाले लगानीकर्तालाई कुनै हित गर्दैन । हुन त कतिपय अवस्थामा कतिपय कम्पनीको मूल्य सधैं बढ्दैन, यसका लागि यस्तो कम्पनीमा लगानी गर्नुहोस्, जसको वृद्धिको संभावना उच्च छ र त्यस्तो कम्पनीले भविष्यमा राम्रो रिटर्न दिन्छ भन्ने तपाईलाई लाग्छ ।  

४.सेन्टिमेन्ट्सलाई काबुमा राख्नुहोस्

लगानीको क्षेत्रमा सेन्टिमेन्ट्सको कुनै ठाउँ हुन्न । लगानीकर्तासँग आफूभित्रको डर र लोभलाई नियन्त्रण गर्ने क्षमता हुनुपर्छ । बजार कुनै बेला घट्नसक्छ । यस्तो बेलामा सेयरको मूल्य समेत ओरालो लाग्छ । यस्तो बेलामा पैसा गुमाउने तपाईंको डरले तपाईंको विश्लेषण वा निर्णयलाई कुनै पनि अवस्थामा प्रभावित गर्नुहुन्न । यदि तपाईसँग आफूले लगानी गरेको सेयर केही समय तल झरे पनि भविष्यमा राम्रो ग्रोथ गर्नसक्छ भन्ने आत्मविश्वास छ भने लामो समयको लगानी गरी त्यही आत्मविश्वासका साथ बस्नु उचित हुन्छ, न कि बजार घट्ने बित्तिकै डरले हतार–हतार सेयर बेच्नु । कुनै पनि सेयरको मूल्य घट्नु अस्थायी मात्र हुनसक्छ भन्ने पनि सोच्नुपर्छ । यस्तो अवस्थामा, यदि तपाई पैसा गुमाउने डरका कारण अत्तालिनुभयो र आफ्नो सेयर बेच्नुभयो भने लामो समयको नाफा वा लाभांश पाउनबाट तपाई पूर्ण बञ्चित हुनुहुनेछ ।  

लगानीकर्ताको अर्को ठूलो शत्रु लोभ हो । चाँडो पैसा कमाउने भन्दै देखाइने लोभलाई पूर्ण नियन्त्रण गरिनुपर्छ । यस्तै लोभका कारण धेरै लगानीकर्ता बुलिस मार्केटमा थाहै नभएको कम्पनीको सेयर महंगो मूल्यमा खरीद गर्ने गल्ती गर्छन । सही ढंगले सम्बन्धित कम्पनीको बिषयमा रिसर्च नगरी महंगो सेयरमा लगानी गर्दा ठूलै पैसा कमाइन्छ भन्ने लोभले लगानी गर्नु अधिकांश समय ब्याकफायर मात्र हुने गरेको छ । यसकारण, आफूभित्रका इमोसन पूर्ण नियन्त्रण गर्नुहोस्, अनि मात्र सेयर बजारबाट मालामाल बन्न सक्नुहुन्छ ।  

५.कहिले लगानी गर्ने रु कहिले बजार छाड्ने ?

लगानी गर्नुअघि लगानीकर्ताले आफूले चाहेको सेयर खरीदको उपयुक्त समय र बिक्रीको उपयुक्त समयको बिषयमा समेत निर्णय लिनु आवश्यक हुन्छ । बाठा र विज्ञ लगानीकर्ता सधैं निकै धेरै सेयर थोरै मूल्यमा खरीद गर्छन् र थोरै सेयर मात्र धेरै मूल्यमा खरीद गर्छन् । यसैगरी, लगानीकर्ताले कति लाभांश पाएपछि वा कति घाटा खाएपछि चाहि बजारबाट फिर्ता हुने९सेयर बिक्री गर्ने० भन्ने बिषयमा समेत निर्णय लिनु आवश्यक हुन्छ । तर यसको अर्थ यो होइन कि कुनै पनि सेयरको भविष्यको मूल्य वा घटबढको संभावनालाई अहिले नै प्रक्षेपण गरेर योजना बनाउनुपर्छ ।  

६.लगानी अघि बृहत अनुसन्धान

यदि तपाई सेयरबाट कुस्त पैसा कमाउन चाहनुहुन्छ भने लगानीअघि वृहत अनुसन्धान एउटा महत्वपूर्ण कडी हो । कुनै पनि कम्पनीको सेयर खरीदअघि सम्बन्धित कम्पनीको सबै पक्षको बिषयमा गम्भीर रुपमा अनुसन्धान गर्नु अत्यावश्यक हुन्छ । लगानीकर्तासँग लगानी गर्नुअघि सम्बन्धित कम्पनीको विजिनेशको बिषयमा गहिरो ज्ञान हुनुपर्छ । यसकारण, कुनै पनि कम्पनीको त्रैमासिक रिपोर्ट वा वार्षिक बित्तीय विवरण तथा त्यसको अन्तर्यतर्फ नगई सेयर खरीदको गल्ती नगर्नुहोस् ।  

७.उच्च र न्यून मूल्य प्रक्षेपण गर्न सकिन्न

धेरै लगानीकर्ता सम्बन्धित कम्पनीको सेयर मूल्यको बिषयमा अनावश्यक रुपमा बढी नै प्रक्षेपण गरिरहेका हुन्छन् । यो स्पष्ट छ कि कुनै पनि लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरको ठ्याक्कै उच्च र न्यूनतम विन्दु प्रक्षेपण गर्नै सक्दैन । तथापि, प्राविधिक र आधारभूत विश्लेषणबाट संभावित सेयर मूल्यको बिषयमा सामान्य अनुमान चाहि गर्न सकिन्छ । तर यस्तो अध्ययनबाट पनि संभावित मूल्य ठ्याक्कै आउदैन ।  

८.विविधिकरण

यदि तपाई साच्चिकै सेयर बजारबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईले विविध लगानीको कला सिक्नुपर्छ । एउटा मात्र कम्पनीको सेयरमा लगानी गर्नु निकै जोखिमपूर्ण हुन्छ । उदाहरणका लागि यदि तपाईंको सबै स्टक पोर्टफोलियो एउटै विजिनेश क्षेत्रको छ र त्यो क्षेत्रलाई खराब प्रदर्शन गर्न थाल्यो भने तपाईंको पोर्टफोलियो भ्यालु पनि तलै झर्नेछ । त्यसकारण, धेरै खालका कम्पनीको सेयरमा लगानी गरी आफ्नो पोर्टफोलियोमा विविधिकरण गर्नुहोस् । यस्तो अवस्थामा एउटा कुनै क्षेत्रको सेयरको मूल्य तल झरे पनि तपाईलाई अन्य सेयरको मूल्यले बचाइराख्न र डूब्नबाट जोगाउनेछ । लगानीमा विविधिकरण गर्नु पनि सेयर लगानीको महत्वपूर्ण सूत्र हो ।  

९.सफल लगानीकर्तालाई आँखा चिम्लिएर फलो गर्ने गल्ती

यो सेयर बजारमा लगानी गर्न चाहने धेरै लगानीकर्ताले गर्नेमध्येको एक ब्लण्डर हो । सफल र अग्रज लगानीकर्ताहरुलाई फलो गर्दा सेयर छनौटको क्षमता बढ्ला । यसले तपाईंको निर्णायक क्षमता पनि बढाइदिन्छ । तथापि, तपाईले यस्ता लगानीकर्ताको पोर्टफोलियो हेरेकै भरमा आँखा चिम्लिएर लगानी गर्नुभयो भने डूब्नुहुन्छ । यसर्थ कुनै राम्रो लगानीकर्ताको पोर्टफोलियो पछ्याउनुअघि ती सेयर वा पोर्टफोलियोको बिषयमा धेरै कुरा बुझ्न आवश्यक हुन्छ । जस्तो स् त्यस्ता लगानीकर्ताले किन त्यस्तो सेयर खरीद गर्यो, यसको कारण पत्ता लगाउनुहोस् । उसले संभावित जोखिम व्यवस्थापनका लागि कस्तो डाइभर्सीफिकेसनको रणनीति बनाएको छ, त्यो पनि बुझ्नुहोस् । अनि, उसले होल्ड गरेको सेयरलाई कतिमा बिक्री गर्यो वा बिक्री गरेको छैन भने ती सेयरको मूल्य कति छ, यसको पनि अध्ययन गर्नुहोस् । यस्तै, अन्य सेयर पनि कति मूल्यमा खरीद गरिएको छ भन्ने प्रश्नको पनि खोजी गर्नुहोस् ।  

यसरी, यदि तपाईले यस्ता जिज्ञासाको सही उत्तर पत्ता लगाउनुभयो भने अनि मात्र तपाई सेयरबजारबाट पैसा कमाउन योग्य बन्नुभयो भन्ने बुझिन्छ ।  

१०.असफलताबाट पाठ सिक्नुहोस्

तपाईका लगानीका कतिपय निर्णयहरु गलत बन्न सक्छन । याद गर्नुहोस्, सेयर बजारमा कोही पनि परफेक्ट हुन्न । अहिले देखिएका सफल लगानीकर्ताहरुले पनि उनीहरुले विगतमा भोगेका असफलताबाटै पाठ सिकेका हुन् भन्ने कुरा बुझ्नुपर्छ । त्यसकारण कहिले पनि आशा नमार्नुहोस् र आफूले खरीद गरेको सेयरले किन राम्रो रिटर्न दिएन वा त्यसको मूल्य किन राम्रो भइरहेको छैन भन्ने कुरा पत्ता लगाउने कोशिश गर्नुहोस् । आफ्नो असफलतामाथिको ‘क्रिटिकल एनलाइसिस’ निकै अनिवार्य र अत्यावश्यक हुन्छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.