सेयरमा सोझै लगानी गर्न डराउनुहुन्छ ? इक्विटी म्युचुअल फन्ड बन्नसक्छ विकल्प
काठमाण्डौ । लगानीका लागि सेयर बजार, बैंकको मुद्दती निक्षेप, सुन, ऋणपत्र तथा सरकारी बचत योजनासहित थुप्रै विकल्प उपलब्ध छन्। यिनैमध्ये पछिल्लो समय व्यवस्थित लगानीको माध्यमका रूपमा म्युचुअल फन्डप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ।म्युचुअल फन्डमा लगानी गर्दा लगानीकर्ताले आफैँ कम्पनी छानेर दिनहुँ सेयर किनबेच गर्नुपर्दैन। संकलित रकमलाई फन्ड व्यवस्थापकले पूर्वनिर्धारित...

