बुधबार, आश्विन ३०,२०८१ 06:10:06
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 06:10:06
IME remit
Global IME Bank Limited

जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्

Hyundai Nepal
जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्
Nabil Bank Limited

काठमाण्डौ । प्रायः जागिरे मानिसहरु आफ्नो कमाइ निकै कम रहेको गुनासो गर्छन्। उनीहरु जागिरसँगसँगै अतिरिक्त आम्दानी गर्न पनि चाहन्छन्। तर अधिकांश कम्पनीहरुले यस्तो एग्रिमेन्ट गरेका हुन्छन् कि आफ्ना कर्मचारीहरु अन्य कम्पनी वा संस्थामा पार्ट टाइम काम गर्न पाउने छैनन्।

यस्तो अवस्थामा पनि तपाइँ जागिरसँगसँगै अतिरिक्त कमाइ गर्न सक्नुहुन्छ। त्यो पनि तपाइँले काम गरिरहेको कम्पनीको कुनै पनि नियमको उल्लंघन नगरी। हो, अब तपाइँ यी ३ तरिकाले आफ्नो अतिरिक्त आम्दानी बढाउन सक्नुहुन्छ।  

यी ३ तरिका यस्ता छन्–

Bizshala
Shivam Cement
CG Motors

१. सेयर बजारमा लगानी

यदि तपाइँले समयमै सेयर बजारमा लगानी गर्न सुरु गर्नुभयो भने केही वर्षमै तपाइँले राम्रै प्रतिफल प्राप्त गर्नुहुनेछ। तर सेयर बजारमा लगानी गर्दा तपाइँले यसबारे राम्रै अध्ययन गर्नुपर्छ। तपाइँ कस्ता कम्पनीहरुमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल आउँछ र कति बेला तथा कुन समयमा सेयर बजारमा लगानी गर्दा राम्रो हुन्छ भन्ने कुरा जान्नुपर्ने हुन्छ। यसका लागि तपाइँले सेयर बजारसँग सम्बन्धित विज्ञहरु वा लामो समयदेखि यसमा लागेहरुसँग रायसल्लाह लिनुपर्ने हुन्छ। यदि तपाइँले सही समयमा सही सेयरमा लगानी गर्नुभयो भने तपाइँले आकर्षक प्रतिफल प्राप्त गर्नुहुनेछ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

२. म्युचुअल फन्ड

अधिकांश मानिस सेयर बजारमा लगानी गर्न चाहन्छन् तर असीमित जोखिमका कारण डराउँछन्। त्यस्ता मानिसका लागि म्युचुअल फन्ड राम्रो विकल्प हुन सक्छ। तर म्युचुअल फन्डमा लगानी खन्याउनुअघि पनि तपाइँले हतारो गर्नु हुन्न। केही समय अध्ययन गरेरमात्र म्युचुअल फन्डमा लगानी गर्नुपर्छ। त्यसो त म्युचुअल फन्डमा तपाइँ गर्ने लगानीको केही हिस्सा सेयर बजारमा पुग्छ। तर म्युचुअल फन्ड सञ्चालकहरुमा सेयर बजारबारे जानकारी राखेका विज्ञहरु हुने हुँदा लगानी डुब्ने जोखिम कमै हुन्छ। त्यसैले तपाइँले जति छिटो म्युचुअल फन्डमा लगानी गर्नुहुन्छ त्यति नै तपाइँको अतिरिक्त आम्दानी पनि बढ्दै जानेछ।  

३. राम्रो ब्याज दिने योजना

प्रायः बैंकहरुले तपाइँसँग भएको पैसा निक्षेपका रुपमा संकलन गरी ब्याज प्रदान गर्ने गर्छ। यसको राम्रो विकल्प भनेको मुद्दति निक्षेप नै हो। हाल विभिन्न बैंकहरुले संस्थागत र व्यक्तिगत रुपमा समयावधि हेरेर मुद्दति निक्षेपमा राम्रै ब्याजदर दिँदै आएका छन्। त्यसैले यदि तपाइँ बिना कुनै जोखिम आफूसँग भएको पैसाबाटै अतिरिक्त आम्दानी गर्न चाहनुहुन्छ भने बढी ब्याज दिने बैंक छनोट गरी मुद्दति निक्षेपमा लगानी गर्न सक्नुहुन्छ। – एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.