शनिबार, बैशाख ६,२०८२ 03:27:05
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 03:27:05
IME remit
Global IME Bank Limited

यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !

Hyundai Nepal
यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !
Nabil Bank Limited

काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।

तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दो र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव पार्नुुका साथै ऋणको जालोमा धकेल्ने गर्दछ ।

यहीकारण विज्ञहरुले क्रेडिट कार्ड प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिने गर्दछन् । यो चेतावनी ती मानिसहरुका लागि सबैभन्दा धेरै काम लाग्ने गर्दछ,जो आफ्नो आर्थिक अवस्थाको बारेमा सजक हुुने गर्दैनन् र जोसंग पैसाको व्यवस्थापन गर्ने कौशल हुँदैन । यस्ता मानिसहरु सजिलैसँग ऋणको दलदलमा फस्ने गर्दछन् । त्यसैले हामी तपाईलाई केही यस्ता व्यक्तिहरुको बारेमा बताउँदैछौ, जसले क्रेडिट कार्ड प्रयोग गर्नबाट बच्नु पर्दछ ।  

Shivam Cement
Bizshala
CG Motors

१.उक्साहटमा र उत्साहमा बहकिएर किनमेल गर्ने व्यक्ति  

उक्साहट र उत्साहमा बहकिएर किनमेल गर्ने व्यक्तिहरु फजुुल र अनावश्यक खर्च गर्ने गर्दछन् । उनीहरुको खर्च गर्ने प्याटर्नका कारण आफ्नो कार्डको सीमा पार गर्ने गर्दछन् । यस्तो बानी उनीहरुका लागि राम्रो मानिँदैन । किनकि बैंकहरुले यस्ता व्यक्तिहरुलाई ऋणको भोको भएको सम्झन्छन र उनीहरुको क्रेडिट स्कोर कमजोर बन्न पुुग्दछ । जब भविष्यमा यस्ता व्यक्तिहरुले कुुनै पनि प्रकारको क्रेडिट कार्डका लागि आवेदन दिंदा त्यो अस्वीकार हुुने सम्भावना एकदमै उच्च हुुने गर्दछ ।  

२.विलम्ब गरी बिल भुुक्तानी गर्ने व्यक्ति

समयमै आफ्नो बिलको भुुक्तान नगर्ने र सबैभन्दा ढिलो भुक्तान गर्ने व्यक्तिहरुलाई अनुुशासनहीन र गैरजिम्मेवार ढंगले बिल भुक्तान गर्ने व्यक्ति मानिन्छ । त्यसैले भुुक्तानको समयसीमा समाप्त भइसकेपछि क्रेडिट कार्ड राख्नु उनीहरुका लागि जोखिमपूर्ण कार्य हुुन सक्छ । क्रेडिट कार्ड भुुक्तान ढिलो गरी गर्दा जरीवानाका साथै उच्च ब्याजदर तिर्नुपर्ने हुुन्छ । यसले कुुनै पनि क्रेडिट रिपोर्टलाई बिगार्न सक्छ । त्यसैले यदि तपाइलाई आफूले समयमै बिल भुक्तानी गर्नसक्दैन जस्तो लाग्छ भने क्रेडिट कार्य प्रयोग गर्नबाट बच्नु पर्दछ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

३.दैनिक खर्च गर्ने व्यक्ति  

जुुन व्यक्ति आफ्नो दैनिक खर्चका लागि क्रेडिट कार्डको प्रयोग गर्ने गर्दछन्, उनीहरु ऋणको जालोमा फस्ने गर्दछन् र यो सिलसिला चलिनै रहन्छ । त्यसैले यस्ता व्यक्तिहरुले पनि क्रेडिट कार्ड प्रयोग गर्नबाट आफूलाई टाढै राख्नुु पर्दछ ।  

४.बिरलै कार्ड प्रयोग गर्ने व्यक्ति  

केही व्यक्तिहरु यस्ता पनि हुुने गर्दछन् जसले एकभन्दा धेरै कार्डहरु प्रयोग गर्ने गर्दछन् । तर उनीहरु बिरलै मात्रै क्रेडिट कार्डको प्रयोग गर्ने गर्दछन् । क्रेडिट काडको अत्यधिक प्रयोगले क्रेडिट स्कोरमा असर पारे जस्तै यसको कम प्रयोगले पनि यसको उद्देश्य र औचित्यलाई समाप्त गर्ने काम गर्दछ । यदि क्रेडिट कार्ड हुँदा  समेत यसको उपयोग हुँदैन भने क्रेडिट कार्डधारीले यसको उचित प्रयोग गरेको ठहरिदैन । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.