बुधबार, पुष १७,२०८१ 08:51:51
IME remit
  • बुधबार, पुष १७,२०८१ 08:51:51
IME remit
Global IME Bank Limited

नेपाल विज्ञापन संघको २५ औं साधारण सभा सम्पन्न, सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलाएमान बनाउने निष्कर्ष

Hyundai Nepal
नेपाल विज्ञापन संघको २५ औं साधारण सभा सम्पन्न, सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलाएमान बनाउने निष्कर्ष
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विज्ञापन संघले आज विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

राजधानीको ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा–छुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–ब्यय बिबरणहरु बहुमतले पारित गरी नियमकिय प्रावधान पुरा गरेको थियो । त्यसपछि आयोजित दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शिर्षकमा बृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।  

बिख्यात विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुषाल तथा नेपाल बिज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ–आफ्नो क्षेत्रको धारणा राखेका थिए । 

Bizshala
Shivam Cement
CG Motors

बरिष्ठ विज्ञापन ब्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा बिज्ञापन तथा समग्र मिडिया उद्योगको बर्तमान अबस्थाको चित्रण गरेको कार्यक्रमको अन्तमा विज्ञापन ब्यवसायी तथा मिडियाहरु समय सापेक्ष रुपमा परिष्कृत हुनु पर्ने, विज्ञापनदाताहरुले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनु पर्ने र विज्ञापनले गर्दा मिडियाहरुलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरुले पनि विज्ञापनदाता र लक्षित समुहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीति लगाएत विज्ञापनलाई बन्देज गर्ने कानूनहरुलाई समेत पुनःबिचार गर्न सम्बद्ध सबै पक्षहरुले आ–आप्mनो क्षेत्रबाट आवश्यक पहल गर्ने निश्कर्ष र प्रतिबद्धता सहित कार्यक्रम समापन भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

त्यसै गरी तेस्रो सत्रमा बरिष्ठ सञ्चारकर्मीहरु श्री यादब खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अबस्थामा आई पुग्न उनीहरुले आ–आफ्नो  क्षेत्रबाट गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरियो ।  

त्यसैगरी, बर्षेनी एड फेष्टको अबसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगाएत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरुबीच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई बिश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशन्सा पत्र प्रदान गरिएको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.