सोमबार, फाल्गुन २६,२०८१ 02:15:50
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 02:15:50
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्, ‘कर्णाली बैंकमा डुब्यौं, भगवान भनिएका अर्थमन्त्रीले पनि समस्या सुनेनन्’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्, ‘कर्णाली बैंकमा डुब्यौं, भगवान भनिएका अर्थमन्त्रीले पनि समस्या सुनेनन्’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी बानेश्वर र अनामनगर आसपासका केही नयाँ तथा पुराना ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  

आज राजधानीको मौसम दिनभर बदलिएका कारण मौसम चिसिएको थियो भने बजार पनि दिनभर सामान्य अंकले तल माथि गर्दै थियो । केही समयदेखि साइडवेज चलेको बजारमा लगानीकर्ताहरुमा पनि खासै उत्साह देखिदैनथ्यो ।  

आज हामीे सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको नागरिक स्टक डिलर (ब्रोकर नम्बर ६०) मा गाएका थियौंं । यस ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति खासै राम्रो थिएन । आज बिहानैदेखि बजारले खासै गति लिन सकेको थिएन ।  

यसै विषयलाई जोडेर एक लगानीकर्ता भने ‘आज पनि बजारले गति लिने छाँट देखाएन । मैले त पुसको लागि सेयर नबेचि भएको छैन । ती लगानीकर्ताको बोलि भुइँमा खस्न नपाउँदै उनी सँगै बसेकि एक महिला लगानीकर्ताले भनिन् ‘मैले एउटा बैंकमा फोन सम्पर्क गरेको माघ महिनाबाट ब्याज बढ्ने संकेत दिएको छ । एफडीमा ब्याज बढ्ला जस्तो देखिन्छ ।’ त्यसो भए त, सेयर बजार ब्याज घट्दा पनि घट्ने बढ्दा पनि घट्ने भयो,’ सँगैका एक पुरुष लगानीकर्ताले भने ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

यसै ब्रोकरमा केही महिला लगानीकर्ताले नेपाल फाइनान्समा नराम्ररी डुबेको भन्दै पिडा पोखेको पनि सुनियो । ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । यहाँबाट हामी बुद्धनगरस्थित कलश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं । यस बेलासम्म दिनको १२ बजिसकेको थियो । यहाँ पनि लगानीकर्ताको उपस्थिति खासै थिएन । २ जना लगानीकर्ता घाम ताप्दै ३२ सयको इन्डेक्समा पैसा कमाएको कथा सुनाँउदै थिए ।  

ती मध्येका एकले भने ‘मेरो एक जना साथिले ३२ सयको इन्डेक्समा १२ करोड पैसा त बनायो तर बजारबाट लान भने सकेन । अर्का लगानीकर्ताले सोधे, ‘कसरी नि ? उनको प्रश्नको जवाफ दिदै ती लगानीकर्ताले भने, ‘एक दुई स्क्रिप्टमा पैसा त बनाएको हो । तर उसले पैसा ब्रोकरबाट झिकेन । पछि फेरि २४ सयमा ब्रोकरकै सल्लाहमा सेयर किन्यो । बजार १८ सय आउदा जस्ताको तस्तै । १२ करोडको फाइदालाई २० करोड बनाउने लोभले आएको नाफा पनि गयो । तर एउटा गाडी किन्ने पैसा भने झिक्यो रे । यो बजार पनि यस्तै नै रहेछ । कमायो, कमायो अन्त्यमा सेयर बजारमा नै सकिन्छ ।  

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । हामी भने अनामनगरमा रहेको म्याग्नेट सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ९५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको खासै उपस्थिति थिएन । हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि कुरा गर्यो । यहाँ भेटिएका ब्रोकर सञ्चालकले बजार अब धेरै नघट्ने विश्वास व्यक्त गरे ।

Sagarmatha Cement

यहाँबाट हामी अनामनगरमा नै रहेको कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) तर्फ लाग्यौं । यसबेला सम्म दिनको १ बजिसकेको थियो । बजारमा ५ अंक जतिको सुधार आएको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले प्राविधिक बिश्लेषकहरुले भने अनुसार यदि नेपालको बजारमा धर्काले काम गर्छ भने अब बजार तल नजाने बताए । केही समयको बसाईपछि हामी बानेश्वरमा रहेको नेपाल सेयरधनी संघको कार्यलयमा गयौं ।  

यहाँ पनि केही लगानीकर्ता निराश भएर हाइ काढ्दै बसेका भेटिए । यहाँ भेटिएका एक लगानीकर्ताले निराश हुँदै भने ‘हेर्नुहोस साथीहरु अब गभर्नर जाँदै गर्दा माघको पहिलो साता केही होला कि ? नयाँ गभर्नर आउँदा बजारले लय लिन्छ जस्तो लाग्छ मलाइ त ।’ उनले थप्दै भने, ‘यी गभर्नरले लगानीको वातावरण बनाउनै सकेनन् ।’

उनले थप थप्दै भने ‘ हामी कर्णाली विकास बैंकमा राम्रै सँगै डुब्यौं । भगवान भनिएका अर्थमन्त्री विष्णु पौडेलले पनि लगानीकर्ताको समस्या सुनेनन् । कणाली विकास बैंक आठ सयमा किनेका लगानीकर्ता अहिले कसरी बाँचेका होलान् ? कहिले कारोबार खुल्ने होला ? बैंकमा धितो राख्नेको अवस्था के भएको होला ?  

यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आफ्नो पीडा सुनाउँदै भने, ‘हामीले भगवान मानेका अर्थमन्त्रीेले कारोबार खोलेर सहज गरिदिनु पर्यो ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.